FAQs Complain Problems

१८ औं गाउँसभा उद्‍घाटन सत्रको समापन पछि अतिथिसँग फोटो सेसन, तस्विर : राजेन्द्र सिंह

Read More

कुकुर दह, बारेकोट Photo: Er. Keshab Shrestha

Read More

१८ औं गाउँसभा २०८०/१०/२५ फोटो सेसन, तस्विर : राजेन्द्र सिंह

Read More

नि वर्तमान प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी ज्यूको विदाई २०८०/०६/१७ तस्विर: राजेन्द्र सिंह

Read More

१८ औं गाउँसभा तस्वीर

Read More

२० औं निजामति सेवा दिवस २०८, तस्विर : इन्जिनियर केशव श्रेष्ठ

Read More

२० औं निजामति सेवा दिवस २०८०, तस्विर : इन्जिनियर केशव श्रेष्ठ

Read More

नि वर्तमान प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी ज्यूको विदाई २०८०/०६/१७ तस्विर: राजेन्द्र सिंह

Read More

बारेकोट गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।

      कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये बारेकोट गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । जाजरकोट जिल्लामा विद्यमाना ३ नगरपालिका र ४ वटा गाउँपालिका  मध्ये बारेकोट गाउँपालिका पनि एक हो । गाउँपालिकाको केन्द्र साविकको रोकाय गाउँ गा वि स को लिम्सामा अवस्थित छ । यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबास भएता पनि यस क्षत्रीहरुको बाहुल्यता रहेको छ ।  समुन्द्र सतहदेखि करिब ६१० देखि ५४१२ मिटरसम्मको उचाइमा रहेको बारेकोट गाउँपालिका भौगोलिक अपस्थितिका हिसाबले २८ डिग्री ५८ मिनेट उत्तरदेखि २९ डिग्री ०७ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ११ मिनेट पूर्वदेखि ८२ डिग्री ४१ मिनेट पूर्वी देशान्तर बीच फैलिएको छ । यो गाउँपालिका जाजरकोट जिल्लाको सदरमुखकाम खलङ्गादेखि उत्तरी दिशामा रहेको छ । यो गाउँपालिका मुख्य रुपमा दक्षिणी पूर्वी मोहडा फर्काएर उत्तर पश्चिम तर्फ फैलिएको छ । यस गाउँपालकाको पूर्वमा डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका र जाजरकोट जिल्लाको नलगाड नगर पालिका पर्दछ । पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका र जाजरकोट जिल्लाको कुशे गाउँपालिका पर्छ । त्यस्तै उत्तर तर्फ जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका पर्दछ भने दक्षिण तर्फ जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ । गाउँपालकाको  घरधुरी सर्वेक्षण २०७५ अनुसार यो गाउँपालिकाको क्षेत्रफल ५७७.५ वर्ग कि.मि. रहेको छ भने यहाँको कुल घरधुरी ३५५७ र जनसंख्या २१७८९ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल घरधुरी संख्या ३८८७ र जम्मा जनसंख्या २२००५ रहेको छ ।  भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाको पर्यटकीय,  व्यवसायिक,  वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलाम खानी र जल सम्पदाले महत्वपूर्ण सम्भावना बोकेको छ ।

 

राष्ट्रिय जनगणना २०७८

Pages

सूचना तथा सामाचार

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत
9858080810
ghartidinayat@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर जग्गा नामसारी नामसारी सिफारिस
सेवा समयः- सोहिदिन, सार्वजनिक विदा भए बढिमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय/गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमा०िात प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- व्यावसाय दर्ता
सेवा समयः- सोहिदिन, सार्वजनिक विदा भए बढिमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय/गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- सामाजिक सुरक्षा कार्यक्रम
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय/गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनमा तोकीय अनुसार
आवश्यक कागजातहरुः-

१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिन गर्नुपर्ने भए बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कायालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिन गर्नुपर्ने भए बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले दूचना दिएकै दिन सर्जिमिन गर्नुपर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन गर्नुपर्ने भए वढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- दूलाहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दूलहीको नागरिकता नभएमा बाबू वा दाजूभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले दूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कायालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा आर्थिक कार्यविधि अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबु वा आमाको नागरिकता 

जानकारी :

Pages